सरकारमा जाने/नजानेबारे नेकपा (एस)मा अझै अन्योल, जिम्मा केन्द्रीय सचिवालयलाई

हिमाल प्रेस १९ पुष २०७९ १६:३७
6
SHARES
सरकारमा जाने/नजानेबारे नेकपा (एस)मा अझै अन्योल, जिम्मा केन्द्रीय सचिवालयलाई

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को पोलिट्ब्युरो बैठकले सरकारको विषयमा आवश्यक निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। मंगलबार काठमाडौँमा सम्पन्न बैठकले सरकारलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने सम्पूर्ण निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने र सरकारको नीति तथा कार्यक्रम पनि हेर्नुपर्ने भएकाले आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको उनले बताए। उनले अहिलेसम्म सरकारलाई समर्थन गर्नका लागि औपचारिक प्रस्ताव नै नआएको बताए। त्यस्तै बैठकले बामपन्थीहरूबीच एकता र सहकार्य गर्नका लागि सचिवालयलाई आवश्यक गृहकार्य गर्न अनुमति दिएको उनले बताए।

त्यस्तै बैठकले पार्टी सुदृढीकरणका लागि अभियान चलाउने र त्यसका लागि कार्ययोजना बनाउन सचिवालयलाई अनुमति दिने निर्णय गरेको समाजवादीले जनाएको छ।

एकीकृत समाजवादीले मुलुकको अर्थतन्त्र संकट समाधानका लागि ठोस कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। तत्काल उखुको समर्थन मूल्य तोक्न, मिटरब्याजीहरूलाई कारबााही गर्न पनि माग गरिएको प्रवक्ता खतिवडाले बताए।

उनले अहिलेसम्म पार्टी एकताका लागि कसैसँग पनि वार्ता नभएको बताए।

प्रकाशित: १९ पुष २०७९ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =