सीएनआईले मन्त्री श्रेष्ठलाई दियो विकास खर्च बढाउने उपाय

हिमाल प्रेस १९ पुष २०७९ १६:२४
6
SHARES
सीएनआईले मन्त्री श्रेष्ठलाई दियो विकास खर्च बढाउने उपाय

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई)ले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी विकास खर्च बढाउने उपाय दिएको छ।

सीएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए। विकास खर्च हुँदा समग्र पूर्वाधार क्षेत्रर र उद्योगमा सुस्तता आएको उनको भनाइ थियो। ‘यसले गर्दा निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी छाएको छ,’ अग्रवालले भने, ‘अरु मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन, बजेट छुट्याएका विकास परियोजना छिटो सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रालयले विशेष ध्यान दिनुपर्छ।’

अध्यक्ष अग्रवालले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गति दिन सरकारले चाल्नुपर्ने कदमसहितको ‘रिबुटिङ नेप्लिज् इकोनोमी’ अवधारणा मन्त्री श्रेष्ठ समक्ष पेससमेत गरे।

प्रकाशित: १९ पुष २०७९ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =