भारतमा ‘द लेजेन्ड अफ मौला जट’ माथि प्रतिबन्ध

हिमाल प्रेस १९ पुष २०७९ १३:३३
6
SHARES
भारतमा ‘द लेजेन्ड अफ मौला जट’ माथि प्रतिबन्ध

काठमाडौँ- भारतमा पाकिस्तानी फिल्म ‘द लेजेन्ड अफ मौला जट’को प्रदर्शनमा रोक लगाइएको छ। फिल्मको प्रदर्शन भारतमा अनिश्चितकालका लागि स्थगित भएको छ।

फिल्म भारतमा डिसेम्बर ३० मा प्रदर्शनमा आउने थियो। तर, विभिन्न समूहबाट विरोध हुने डरले फिल्मको प्रदर्शनमा रोक लगाइएको छ। फिल्म पाकिस्तानमा अक्टोबर १३ मा सार्वजनिक भएको थियो।

फवाद खान र माहिरा खान मुख्य भूमिकामा रहेको फिल्म पाकिस्तानमा व्यावसायिक रूपमा सफल भएको थियो। फवाद र माहिरा भारतमा पनि त्यति नै लोकप्रिय छन्। त्यसैले भारतमा पनि फिल्म प्रदर्शनका तयारीमा थियो। भारतीय सेन्सर बोर्डले फिल्मको प्रदर्शनमा रोक लगाएको छ। तर, त्यसको कारण भने खुलाएको छैन।

फिल्ममा बिलाल लसारीको निर्देशन रहेको छ। सन् २०११ मा भारतका सिनेमाघरमा पाकिस्तानी फिल्म ‘बोल’ प्रदर्शनमा आएको थियो। जसमा अभिनेत्री माहिरा खानको अभिनय छ।

त्यसअघि सन् २००८ मा नन्दिता दास र राशिद फारुकी अभिनीत ‘रामचन्द’ सार्वजनिक भएको थियो। सन् २००७ मा पाकिस्तानी फिल्म ‘खुदा के लिए’ पनि भारतमा देखाइएको थियो। फिल्ममा भारतीय अभिनेता नसिरुद्दिन शाहसँगै फवाद खानको अभिनय छ।

सन् २०१६ मा जम्मु–कश्मीरको उरीमा भएको आक्रमणमा १९ भारतीय सैनिक मारिएका थिए। त्यसयता भारत सरकारले पाकिस्तानी कलाकारहरूलाई भारतीय फिल्ममा काम गर्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित: १९ पुष २०७९ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =