मन्त्री श्रेष्ठ एकाएक यातायात कार्यालय पुगेपछि…

हिमाल प्रेस १९ पुष २०७९ १०:३५
84
SHARES
मन्त्री श्रेष्ठ एकाएक यातायात कार्यालय पुगेपछि…

काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार एकान्तकुनास्थित यातायात कार्यालयमा अनुगमनका लागि पुगेका छन्। उनका प्रमुख स्वकीय सचिव विजय गौतमले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा यातायात कार्यालय पुगेको भन्दै फेसबुकमा तस्बिर राखेका छन्।

मन्त्री श्रेष्ठले सो यातायात कार्यालयको कामकारबाहीबारे जानकारी लिएको र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन दिएको बताइएको छ।

यसअघि उनले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही हुने बताएका थिए।

प्रकाशित: १९ पुष २०७९ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =