भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने- १० बजे कार्यालयमा कर्मचारी नपुगे कारबाही हुन्छ

हिमाल प्रेस १९ पुष २०७९ ८:१२
4
SHARES
भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने- १० बजे कार्यालयमा कर्मचारी नपुगे कारबाही हुन्छ

काठमाडौँ- उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारवाही हुने बताएका छन्।

सोमबार उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरूपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने बताए। ढिलो आएर काम छल्नेको तलब काटिने उनले बताए। विशेष कारण परेका बेला भने कहिलेकाहीँ छुट दिइने मन्त्री श्रेष्ठले बताए।

यस्तै, उनले मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गर्ने र बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको पनि बताए।

प्रकाशित: १९ पुष २०७९ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =