राप्रपाले ३०१ औँ पृथ्वी जयन्ती मनाउँदै

हिमाल प्रेस १९ पुष २०७९ ७:५७
12
SHARES
राप्रपाले ३०१ औँ पृथ्वी जयन्ती मनाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राप्रपाले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरे बमोजिम आज पार्टी केन्द्रीय कार्यालयमा पृथ्वी जयन्ती तयारी समितिको बैठक बसेको छ।

केन्द्रीय सचिवालयद्वारा आयोजित बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो। बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भइ सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ।

प्रकाशित: १९ पुष २०७९ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =