गण्डकी प्रदेशसभा बैठकमा दुई अध्यादेश प्रस्तुत

हिमाल प्रेस १८ पुष २०७९ २१:१६
4
SHARES
गण्डकी प्रदेशसभा बैठकमा दुई अध्यादेश प्रस्तुत

पोखरा– गण्डकी प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकमा गण्डकी प्रदेश सरकारबाट जारी भएका दुई अध्यादेश प्रस्तुत भएको छ।

बैठकमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रस्तुत गरे।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो। अर्को बैठक पुस २९ गते दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १८ पुष २०७९ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =