बैंकले ब्याजदर बढाएको विरोधमा बुटवलका व्यवसायी

हिमाल प्रेस १८ पुष २०७९ १७:५१
90
SHARES
बैंकले ब्याजदर बढाएको विरोधमा बुटवलका व्यवसायी सांकेतिक तस्बिर।

बुटवल– नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जामा कडाइ गरेपछि लुम्बिनी प्रदेशका उद्योगी व्यवसायी असन्तुष्ट बनेका छन्। राष्ट्र बैंकले जारी गरेको उक्त मार्गदर्शन र बैंकहरूले बढा१ो कर्जाको ब्याजदरविरूद्ध बुटवलका उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन्।

चालु पूँजी मार्गदर्शन तथा बैंक एवम् वित्तीय संस्थाको नीति अव्यावहारिक भ१ो उनीहरूको दाबी छ। उनीहरूले उक्त नीतिविरुद्ध बुटवलमा हस्ताक्षर अभियान नै चलाएका छन्। बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठन रूपन्देहीलगायतका संस्थाले आन्दोलनस्वरूप धर्ना, विरोध र्‍यालीजस्ता कार्यक्रम गरेका छन्। आर्थिक संकटका कारण कर्जाको ब्याजसमेत बुझाउन नसक्ने अवस्था सिर्जना भएको व्यवसायी गोविन्द ज्ञवालीको भनाइ छ।

मार्गदर्शनमा फर्म/संस्था/कम्पनीलाई १ वा १ भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कूल २ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कूल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने व्यवस्था छ। चालु पुँजी कर्जामा सीमा तोकिदिएपछि उद्योगी व्यवसायीले बैंकबाट ऋण लिनसमेत नसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए।

उक्त मार्गदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले हस्ताक्षर संकलनका साथै आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेको छ। यही पुस २१ सम्म प्रदेशका १२ वटै जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन हुने प्रदेश अध्यक्ष कृष्ण शर्माले जानकारी दिए।

‘अधिकांश उद्योग व्यवसायमा बैंकको ऋण लगानी छ, कोभिडका कारण व्यवसाय लयमा फर्कन नसक्दा ब्याजसमेत बुझाउन समस्या भएको अवस्थामा राष्ट्र बैंकले ल्याएको उक्त नीतिका कारण थप समस्या सिर्जना भएको छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका महासचिव विजय पाण्डेले भने, ‘सरकारले उद्योग व्यवसायमैत्री नीति ल्याउनु आवश्यक छ।’

प्रकाशित: १८ पुष २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =