सत्ता गठबन्धनमा सहभागी हुँदैनौँ : माधव नेपाल

हिमाल प्रेस १८ पुष २०७९ १३:३२
16
SHARES
सत्ता गठबन्धनमा सहभागी हुँदैनौँ : माधव नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। सोमबारबाट काठमाडौँमा सुरु भएको पोलिट्ब्युरो बैठकमा उनले कुनै पनि शक्तिको पछि नलाग्ने बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा अध्यक्ष नेपालको यस्तो धारणा बाहिर आएको हो। यस्तै उनले उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे।

‘हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन, कुनै पनि शक्तिको पछि लाग्दैन,’ उनले भने, ‘एकले अर्कालाई आरोपप्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन। त्यसैले हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढन तयार छौं ।’

उनले आफूबाट केही त्रुटि भए सच्चिन तयार रहेको पनि बताए । तर ‘पानी माथिको ओभानो’ बन्ने काम कसैले नगर्न पनि उनले चेतावनी दिए।

आजबाट सुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डासमेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ।

प्रकाशित: १८ पुष २०७९ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =