प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै

हिमाल प्रेस १८ पुष २०७९ १०:२६
6
SHARES
प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्। उनले आज (सोमबार) बिहान ११ बजे सिंहदरबारमा सचिवहरूको बैठक बोलाएको प्रचण्डका  प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको अवस्थाबारे जानकारी लिनेछन्। साथै कर्मचारीहरूलाई प्रभावकारी रूपमा कामकारबाही अघि बढाउन प्रचण्डले निर्देशन दिने उनको सचिवालयले जनाएको छ।

प्रकाशित: १८ पुष २०७९ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =