पहाडमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

हिमाल प्रेस १८ पुष २०७९ ७:५५
12
SHARES
पहाडमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना हिमपात। फाइल तस्बिर।

काठमाडौँ- अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाले हुस्सुका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

तराईमा हुस्सु र कुहिरो लागिरहँदा पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना छ।

प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ पुस १८ गते (सोमबार)

दिउँसोː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस १९ गते (मंगलबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस २० गते (बुधबार)

दिउँसोː प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १८ पुष २०७९ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =