झापामा हात्तीको आक्रमणबाट पत्‍नीको मृत्यु, पति घाइते

हिमाल प्रेस १७ पुष २०७९ २१:२५
6
SHARES
झापामा हात्तीको आक्रमणबाट पत्‍नीको मृत्यु, पति घाइते फाइल तस्बिर।

झापा– जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारी छन्। शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा छावासहित आएका ४ वटा हात्तीले भण्डारीको घरमा आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दुर्गा रेग्मीले बताए।

आक्रमणबाट उनका पति ७१ वर्षीय शान्तिराम भण्डारी गम्भीर घाइते बनेको प्रहरीले जानकारी दिएको छ। हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आइतबार (आज) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

झापामा भारतबाट आउने र रैथाने जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ। हात्तीको आक्रमणबाट १ महिनामा अन्य २ जनाको मृत्यु भएको थियो।

प्रकाशित: १७ पुष २०७९ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =