सरकारमा जानेबारे छलफलका लागि नेकपा एसले डाक्यो पोलिटब्यूरो बैठक

हिमाल प्रेस १७ पुष २०७९ १९:०३
4
SHARES
सरकारमा जानेबारे छलफलका लागि नेकपा एसले डाक्यो पोलिटब्यूरो बैठक फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न पोलिटब्यूरो बैठक बोलाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टी स्थायी कमिटी बैठकले सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाएको हो।

बैठकपछि बोल्दै पार्टीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान परिस्थितिका विषयमा गहन रूपमा छलफल आवश्यक भएकाले पोलिटब्यूरो बैठक बोलाइएको बताए।

प्रकाशित: १७ पुष २०७९ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =