एससँग एकता गर्ने भनेर एमालेले भ्रम छर्दैछ : उपमहासचिव तुलाधर

हिमाल प्रेस १७ पुष २०७९ १६:०७
4
SHARES
एससँग एकता गर्ने भनेर एमालेले भ्रम छर्दैछ : उपमहासचिव तुलाधर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेकपा एमालेसँग पार्टी एकताको कुरा नभएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी कमिटी बैठकबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्।

बैठकमा अधिकांश नेताहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएको उनले जानकारी दिए। विगतमा सहकार्य गरेको पार्टीका नेता प्रचण्ड अहिले सरकारमा प्रधानमन्त्री भएकाले यो सरकारलाई समर्थन गर्न बैठकमा नेताहरूले जोड दिएको उनले बताए।

नेकपा एसलाई प्रधानमन्त्रीले सरकारमा सहभागी हुन अहिलेसम्म प्रस्ताव नपठाएकाले तत्कालै सरकारमा जान उपयुक्त नहुने नेताहरूको निष्कर्ष निकालेका छन्। ‘सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्रीले औपचारिक रूपमा प्रस्ताव गर्नु भएको छैन,’ उनले भने।

एमालेसँग पार्टी एकताबारे कुनै छलफल नै नभएको पनि उनले बताए। ‘एकताका लागि हामीले एमालेसँग कुनै प्रयास नै गरेका छैनौं। तर एमाले नेताहरूले भने हाम्रो पार्टीसँग एकताका लागि छलफल भइरहेको भन्दै भ्रम छरिरहेको छ,’ उनले भने। एमालेले राष्ट्रपति पद एसलाई दिन लागि अहिले नै तयार हुन नसक्ने उनले बताए।

‘पार्टी अध्यक्ष माधव नेपाललाई राष्ट्रपति दिने प्रस्ताव गरेर हाम्रो पार्टीसँग एकताको कुरा हुँदैछ भनेर एमालेले भ्रम छरेको छ। एमालेसँग एकताको कुनै कुरा भएको छैन,’ उनले भने, ‘कहाँबाट कसरी आयो यो कुरा? हावामै आयो। हावामै गयो जस्तो लाग्छ।’

प्रकाशित: १७ पुष २०७९ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =