पोखरा विमानस्थल सञ्‍चालनका लागि अर्थ मन्त्रालयले सहयोग गर्छ : उपप्रधानमन्त्री पौडेल

हिमाल प्रेस १७ पुष २०७९ १४:५१
8
SHARES
पोखरा विमानस्थल सञ्‍चालनका लागि अर्थ मन्त्रालयले सहयोग गर्छ : उपप्रधानमन्त्री पौडेल

पोखरा– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरूको केन्द्रको रूपमा थप विकास गर्न लाग्नुपर्ने उनको भनाइ छ।

त्यस अवसरमा उनले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। नेकपा एमाले उपाध्यक्षसमेत रहेका पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिई सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासन दिए।

‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ। त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उडड्यन प्राधिकरणलाई आग्रह गर्दछु। यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

पौडेलले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरू सफल हुनेसमेत दोहोर्‍याए।

प्रकाशित: १७ पुष २०७९ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =