पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन (फोटो फिचर)

दिपेश श्रेष्ठ १७ पुष २०७९ १५:१७
102
SHARES
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन (फोटो फिचर)

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमानस्थलको उद्घाटन गरेका हुन्। चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको उक्त विमानस्थल गत वर्ष नेपाल भ्रमणमा आउँदा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण भएको हो। विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो। विमानस्थल निर्माणको काम भने ०७४ सालदेखि सुरु भएको हो।

उद्घाटन समारोहमा हेलिप्टरबाट पुष्पवृष्टि गरिएको थियो। यहाँबाट अहिले नै अन्तर्राष्ट्रिय उडानको भने टुंगो लागि नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। पोखराको पर्यटन विकाससँगै अन्य क्षेत्रमा पनि विमानस्थलले टेवा लिने भन्दै आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा पनि दिइएको छ। पोखराका पर्यटन व्यवसायीहरूले कोरोनापछि थला परेको पर्यटन व्यवसायलाई विमानस्थल सञ्चालन भएसँगै पर्यटकको आवागमन बढ्ने बताएका छन्।

प्रकाशित: १७ पुष २०७९ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =