सुनको मूल्य तीन सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १७ पुष २०७९ १२:१८
4
SHARES
सुनको मूल्य तीन सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार सात सय रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार दुई सय रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख ९ सय रूपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा पाँचले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ।

प्रकाशित: १७ पुष २०७९ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =