प्रदेश १ प्रदेशसभाको पहिलो बैठक आज

हिमाल प्रेस १७ पुष २०७९ ९:१५
8
SHARES
प्रदेश १ प्रदेशसभाको पहिलो बैठक आज

इटहरी- प्रदेश १ प्रदेशसभाको पहिलो बैठक आज (आइतबार) बस्ने भएको छ। पहिलो बैठक दिउँसो १ बजे बस्न लागेको हो।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्।

बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ। त्यस्तै प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ।

प्रकाशित: १७ पुष २०७९ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =