तराईमा हुस्सु र कुहिरो, हिमालमा हल्का हिमपात

हिमाल प्रेस १७ पुष २०७९ ८:११
4
SHARES
तराईमा हुस्सु र कुहिरो, हिमालमा हल्का हिमपात

काठमाडौँ- अहिले तराईका विभिन्न ठाउँमा हुस्सु र कुहिरो लागेको छ। हुस्सुका कारण सवारीसाधन सञ्चालनमा समस्या सिर्जना भएको छ। मौसम पूर्वानुमान महाशाखाले हुस्सुका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

तराईमा हुस्सु र कुहिरो लागिरहँदा पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ पुस १७ गते (आइतबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस १८ गते (सोमबार)

दिउँसोː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस १९ गते (मंगलबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =