स्थानीय तहलाई आत्मनिर्भर बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

हिमाल प्रेस ४ पुष २०७९ १३:०२
6
SHARES
स्थानीय तहलाई आत्मनिर्भर बनाउनुपर्छ : प्रधानमन्त्री देउवा शेरबहादुर देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्दै लैजानुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले स्थानीय तहको स्रोतसाधन पहिचान गरेर उचित उपयोग गर्दै जानुपर्ने बताएका हुन्।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरी स्रोतसाधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रूपमा पूरा गर्नुपर्ने उनले बताए।

त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रूपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखे। उनले स्थानीय तहबाट हुने कामको मूल्यांकनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने बताए।

उनले मुलुकको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह गम्भीर हुनुपर्ने जिकिर गरे।

प्रकाशित: ४ पुष २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =