काठमाडौँका सडकमा नेक्सन इभीले दियो ३४७ किमी रेन्ज

हिमाल प्रेस ३ पुष २०७९ १८:१२
12
SHARES
काठमाडौँका सडकमा नेक्सन इभीले दियो ३४७ किमी रेन्ज

काठमाडौँ- टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ कार्यक्रम गरेको छ।  कार्यक्रममा नेक्सन इभीका ३४ ग्राहक सहभागी भएका थिए। जसमा नेक्सन इभीले काठमाडौँको सडकमै ३४७ किमीसम्म रेन्ज दिएको छ।
यस कार्यक्रममा ३४७ किमी रेन्जसहित सलिम श्रेष्ठ पहिलो भए। ३३२ किमी रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोस्रो भए।

तृप्ति सिंह तथा उदिप न्यौपानेको नेक्सनले ३२१ किमी रेन्ज दिएको थियो। कार्यक्रममा सहभागीमध्ये १४ जनाको नेक्सनले ३०० किमीभन्दा बढी रेन्ज दिएको सिप्रदी ट्रेडिङले जनाएको छ। प्रथम स्थान प्राप्त गरेका श्रेष्ठले सम्मान पदक र प्रमाणपत्रका साथ ४३ इञ्चको सामसङ स्मार्ट एलईडी टीभी पाए। दोस्रो भएका दुवैजनाले सामसङको २८ लिटरको ओभन पाएका छन्।

तेस्रो स्थान पाएका सिंह तथा न्यौपानेले सामसङ भ्याकुम क्लिनर जितेको कम्पनीले जनाएको छ।

प्रकाशित: ३ पुष २०७९ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =