कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प छैन : आरजु देउवा

हिमाल प्रेस ३ पुष २०७९ १६:१२
204
SHARES
कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प छैन : आरजु देउवा

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा कांग्रेसबाट समानुपातिक सांसद बनेकी आरजु देउवा राणाले अबको प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी छन्। निर्वाचन आयोगमा समानुपातिक सांसद निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। आरजु शेरबहादुरकी श्रीमती पनि हुन्।

कांग्रेसभित्र संसदीय दलको नेता पनि प्रतिस्पर्धाबाटै हुने र देउवा नै निर्वाचित हुने पनि बताइन्। ‘सर्वसम्मत भन्दा राजनीतिमा प्रतिस्पर्धाबाटै नेतृत्व स्थापित हुनुपर्छ। चुनावी प्रतिस्पर्धा भएपछि केही न केही नतिजा त आउँछ नै। कांग्रेस डेमोक्रेटिक पार्टी भएकाले जोसुकैले प्रतिस्पर्धा गर्न पाउँछ। प्रतिस्पर्धाबाटै नेतृत्व स्थापित भएको राम्रो कुरा हो’ उनले भनिन्।

उनले अहिलेको अवस्थामा कांग्रेस संसदीय दलको नेता बन्न देउवाको विकल्प नरहेको उनको भनाइ छ। ‘म ज्योतिष ज्ञानको जानकार होइन,’ उनले भनिन्, ‘अहिलेको अवस्थामा शेरबहादुरजी प्रधानमन्त्री बन्नु हुन्छ जस्तो छ। निर्वाचनपछि कांग्रेस नै ठूलो पार्टी बनेकाले त्यो सम्भावना देखिएको छ।’

प्रकाशित: ३ पुष २०७९ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =