जापानले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण

हिमाल प्रेस ३ पुष २०७९ १२:१७
4
SHARES
जापानले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण

काठमाडौँ- जापान सरकारले निर्माण गरेको डडेलधुराको महेन्द्र माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ। जापानको ‘ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट’ (जीजीपी) परियोजनाअन्तर्गत करिब एक करोड रुपैयाँ लागतमा विद्यालय भवन निर्माण भएको हो।

भवन हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन्देश पठाउँदै नवनिर्मित भवनले आसपासका विद्यार्थीले सुविधायुक्त पूर्वाधारमा पढ्न पाउने बताए।

२०१४ सालमा स्थापना भएको विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: ३ पुष २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =