स्थानीय सरकारमा जनताप्रति बढी जिम्मेवारी छ : प्रधानमन्त्री

हिमाल प्रेस २ पुष २०७९ १४:०३
2
SHARE
स्थानीय सरकारमा जनताप्रति बढी जिम्मेवारी छ : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह जनताको नजिकको सरकार भएकाले काम÷कारबाही बढी जिम्मेवार हुनुपर्ने बताएका छन्।

शनिबार ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवस अवसरमा स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने औंल्याएका हुन्।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गरे।

‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ। नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी, परिणाममुखी र नागरिक जवाफदेही हुनुपर्छ,’ उनले भने।

 

प्रकाशित: २ पुष २०७९ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =