अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

हिमाल प्रेस २ पुष २०७९ ९:०१
4
SHARES
अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

कालीकोट- कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्।

अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबीच भएको छलफलमा अन्तर प्रदेश जोड्ने सडकको निर्माणमा पहल थाल्ने प्रतिबद्धतासहित समझदारी भएको हो।

दुवै प्रदेशका जनप्रतिनिधिबीच काठमाडौैँमा सडक निर्माण गर्र्ने विषयमा छलफल भएको र सडक निर्माणका लागि संयुक्त प्रयास थालिने समझदारी भएको कर्णाली प्रदेशसभाका सदस्य विष्टले जानकारी दिए।

‘कालीकोट र अछामलाई अन्तर प्रदेश सडक निर्माणका विषयमा पहल थाल्ने आपसी समझदारी बनेको छ’, उनले भने, ‘दुई जिल्ला जोड्ने सडक निर्माणका लागि दुवै प्रदेश तथा संघीय सरकारमा पहल थालिने भएको छ।’

अछाम पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालु सडक, अछामको पञ्चदेवल नगरपालिका कोसेडी, कालाभिड हुँदै कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालु जोड्ने अन्तर प्रदेश सडक निर्माणका छलफल भएको पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताए।

कालीकोट र अछाम अन्तर प्रदेश सडक सञ्जालसँग जोडिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने अछाम तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्प शर्माले बताए।

प्रकाशित: २ पुष २०७९ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =