शिक्षा मन्त्रालयले गाउँपालिकाको शैक्षिक योजना निर्माणमा सहयोग गर्ने

हिमाल प्रेस १ पुष २०७९ १६:०२
216
SHARES
शिक्षा मन्त्रालयले गाउँपालिकाको शैक्षिक योजना निर्माणमा सहयोग गर्ने

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी १० वर्षे शिक्षा सुधार योजनालाई प्रभावकारी बनाउन सहयोग गर्ने भएको छ। शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनको लागि समन्वय र सहजीकरणका लागि मन्त्रालयले पहल गर्ने जनाएको छ। विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्वय र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प्रभाकारी बनाउन महासंघसँग सम्झौता गरिएको मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

‘शैक्षिक नीति तथा कार्यक्रमलाई गाउँपालिकाहरूमा प्रभावकारी रूपमा कार्यान्वयन गरी सबै बालबालिकालाई गुणस्तरयुक्त विद्यालय शिक्षा उपलब्ध गराउने समझदारी पत्रको उद्देश्य हो। यसले मन्त्रालय र गाउँपालिकाबीचको सम्बन्ध थप नजिक हुने र संविधान कार्यान्वयनमा सहज हुनेछ,’ उनले भने।

महासंघले विद्यालय शिक्षासँग सम्बन्धित राष्ट्रिय नीति, योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा आवश्यकताअनुसार मन्त्रालयसँग समन्वय, राय, सल्लाह र सुझाव दिने गरेको छ। समझदारी कार्यान्वयनको क्रममा समस्या आए दुवै पक्षले सहमतिबाट समस्याको समाधान गरी कार्यान्वयन गर्ने मन्त्रालयले जनाएको छ। सम्झौताको अवधि ०८३/८४ सम्म रहने मन्त्रालयले जनाएको हो।

मन्त्रालयले गाउँपालिकाहरूको शैक्षिक योजना निर्माण एवम् कार्यान्वयनमा आवश्यक प्राविधिक सहायता उपलब्ध गराउने भएको छ। दिगो विकास लक्ष्य, पञ्चवर्षीय योजना, सरकारका शैक्षिक नीति योजना तथा कार्यक्रम सम्बन्धमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासमा मन्त्रालयले काम गर्ने मन्त्रालयको शिक्षा सचिव रामकृष्ण सुवेदीले बताए।

विद्यालय तहको शिक्षाका सबै विषयमा छलफल गरी तिनमा गर्नुपर्ने सुधारलाई नियमित गर्न तथा गाउँपालिकामार्फत कार्यान्वयन हुने कार्यक्रमको नियमित प्रगति प्रतिवेदन प्राप्तिमा सहजीकरण हुने लक्ष्य रहेको छ।

समझादारी पत्रमा मन्त्रालयका सहसचिव डा. हरि लम्साल र महासंघ अध्यक्ष लक्ष्मीदेवि पाण्डेले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १ पुष २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =