तोलाको ४ सयले घट्यो सुनको भाउ

हिमाल प्रेस १ पुष २०७९ ११:१६
2
SHARE
तोलाको ४ सयले घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेन थालेको छ। बिहेको सिजनमा माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो। पुस लागेसँगै सुन घटेन थालेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १ पुष २०७९ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =