अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

हिमाल प्रेस २८ मंसिर २०७९ १३:४६
6
SHARES
अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री जनार्दन शर्माको फेसबुकबाट।

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या आन्तरिक कारणले मात्र नभई विश्वव्यापी रूपमा सिर्जित बाह्य परिदृश्यका कारणसमेत भएकाले समस्या समाधानमा सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने बताएका हुन्।

उनले निजी क्षेत्रप्रति सरकारले फरक दृष्टिकोण नराखेको बताएका छन्। ‘सरकारले निजी क्षेत्रलाई अर्कै नजरले हेर्छ भन्ने बुझाइ छ, तर सरकारले आफ्नै अभिन्न अंगका रूपमा लिएको छ, निजी क्षेत्रले दिएका सुझाव नै सरकारको नीतिमा पर्ने गरेका छन्,’ उनले भने।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भर्खरै मात्र सम्पन्न भएको र निर्वाचित प्रतिनिधिले अब विकासको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले तरलता अभावलगायत कारणबाट निजी क्षेत्र समस्यामा परेको भए पनि यो समस्या सधैँ नरहने बताए। ‘बजारमा आइरहेका समस्याबाट निजी क्षेत्र प्रताडित भएको छ । यसलाई हामीले सहनै पर्छ । तर अब विस्तारै तरलता अभावलगायतका समस्या कम हुँदै जान्छन्,’ उनले भने।

प्रकाशित: २८ मंसिर २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =