टिसिएलका गुगल टीभी सार्वजनिक

हिमाल प्रेस २७ मंसिर २०७९ १७:५८
6
SHARES
टिसिएलका गुगल टीभी सार्वजनिक

काठमाडौँ- ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टीभी ब्राण्ड टिसिएलले गुगल टीभी सार्वजनिक गरेको छ।  टिसिएलले ७५ इन्चको पि–७३५ फोर के एचडीआर गुगल टीभी विथ क्यामेरा, ६५ र ५५ इन्चको सि–७३५ क्यूएलईडी फोर के गुगल टीभी विथ क्यामेरा सार्वजनिक गरेको हो।

त्यस्तै ६५, ५५, ५० र ४३ इन्चको पि–६३५ फोर के एचडीआर गुगल टीभी बजारमा ल्याएको हो। नेपालमा टिसिएल ब्राण्डका टीभी चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी इओएल हो।

गुगल टीभी प्रयोगकर्तालाई सहज र सरल तरिकाले टीभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ओएस हो। यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपमा नगइकन होमस्क्रिनबाट सेलेक्ट गरेर हेर्न सक्छन्।

गुगल टीभीको प्रारम्भिक सेटअपपछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन्। होम स्क्रिनमा विभिन्न एप, चलचित्र र टीभी कार्यक्रमका स्लाइड हुन्छन्, जुन प्राथमिकताको आधारमा देखाइन्छ। यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सजस्ता विशेषता पनि छन्।

प्रकाशित: २७ मंसिर २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =