अमेरिकाको करसम्बन्धी मुद्दामा डब्लुटीओको प्रशंसा

हिमाल प्रेस २५ मंसिर २०७९ ६:१०
8
SHARES
अमेरिकाको करसम्बन्धी मुद्दामा डब्लुटीओको प्रशंसा

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले चिनियाँ स्टील र आल्मुनियम उत्पादन र करबारे लगाएको धारा २३२ ले विश्व व्यापार संगठनको नियमको उल्लंघन  गरेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) को निर्णयको प्रशंसा गरेको छ।

वाणिज्य मन्त्रालयका प्रवक्ताले संगठनको विज्ञ समितिको निर्णयलाई ‘वस्तुनिष्ठ र निष्पक्ष’ भनेका छन्। अमेरिकाले सन् २०१८ देखि ‘राष्ट्रिय सुरक्षा’ को नाममा विश्व व्यापार संगठनका केही सदस्यहरूबाट आयात हुने स्टील र आल्मुनियममा कर लगाएको छ।

यस्ता कार्यहरू सारमा एकपक्षीयवाद र संरक्षणवादको अभ्यास हुन् र यसले डब्लुटीओका नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर क्षति पुर्‍याएको छ।

यी कदमहरूको डब्लुटीओका धेरै सदस्यराष्ट्रहरूले विरोध गरिरहेका छन् भने अमेरिकाभित्र पनि यसको व्यापक आलोचना गरिएको छ। ‘यसले के देखाएको छ भने विश्व व्यापार संगठनको सुरक्षा अपवादका धाराहरू एकपक्षीयवाद र संरक्षणवादका लागि ‘आश्रयस्थल’ होइनन्,’ उनले भनेका छन्।

प्रकाशित: २५ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =