रंगशाला निर्माणमा खटिएका सात कामदारलाई कोकाकोलाले दियो विश्वकप हेर्ने अवसर

हिमाल प्रेस २३ मंसिर २०७९ १६:२३
16
SHARES
रंगशाला निर्माणमा खटिएका सात कामदारलाई कोकाकोलाले दियो विश्वकप हेर्ने अवसर

काठमाडौँ- कतारका रंगशाला निर्माणमा संलग्न सात कामदारलाई कोकाकोला नेपालले प्रत्यक्ष विश्वकप फुटबल हेर्ने अवसर दिएको छ। रंगशाला निर्माणमा संलग्न नेपाली कामदारमध्ये कतारमै बसोबास गर्दै आएका सात जनालाई कोकाकोलाले सम्पूर्ण व्यवस्था मिलाएर फुटबल हेर्ने अवसर दिएको हो।

आफ्नो र परिवारको सुख, खुसीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोकाकोला नेपालले जनाएको छ। कोकाकोलाले यसअघि दसैँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारलाई कतार–नेपाल दुईतर्फी हवाई टिकटको व्यवस्था गरेको थियो।

प्रकाशित: २३ मंसिर २०७९ १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =