सुनको मूल्य प्रतितोला एक लाखमाथि

हिमाल प्रेस २३ मंसिर २०७९ ११:४९
4
SHARES
सुनको मूल्य प्रतितोला एक लाखमाथि

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख ३ सय पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार ७ सयमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार दुई सय थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार ३ सय ९० पुगेको छ।

प्रकाशित: २३ मंसिर २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =