यी हुन् जनमत पार्टीका समानुपातिक सांसदहरू

हिमाल प्रेस २३ मंसिर २०७९ १०:३५
4
SHARES
यी हुन् जनमत पार्टीका समानुपातिक सांसदहरू फाइल तस्बिर।

काठमाडौँ- डा.सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ। जनमतले पहिलो आमनिर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँचजनालाई संघतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ।

केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको हो। निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन्।धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन्।

दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीले जनाएको छ। केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँट गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो। बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा कलस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो।

मधेशी महिलाबाट बबिता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रंजुकुमारी खंग(खत्वे), मधेशी महिलामा अनिताकुमारी साह, मधेशी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्तकुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातीमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ।

प्रकाशित: २३ मंसिर २०७९ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =