कांग्रेसलाई संसद्‌मा ठूलो पार्टी बनाएकोमा देउवाले दिए धन्यवाद

हिमाल प्रेस २३ मंसिर २०७९ ७:४६
610
SHARES
कांग्रेसलाई संसद्‌मा ठूलो पार्टी बनाएकोमा देउवाले दिए धन्यवाद

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।

मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि आज बिहानै देउवाले कांग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।

कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। प्रतिनिधिसभा संसद्मा अब कांग्रेसका ८९ जना सांसद हुनेछन्।

प्रकाशित: २३ मंसिर २०७९ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =