महाअभियोग निस्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा आज सुनुवाइ

हिमाल प्रेस २३ मंसिर २०७९ ७:३१
8
SHARES
महाअभियोग निस्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ- चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निस्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले दर्ता गराएको रिटको पेसी शुक्रबारका लागि तोकिएको थियो।

संघीय संसद्का महासचिव भरतराज गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए।

उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार रिट दायर गरेको थियो। रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ। बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि पेसी तोकिएको हो।

प्रकाशित: २३ मंसिर २०७९ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =