‘थ्रेसहोल्ड’ कटाउँदा पनि ४ दलले पाएनन् प्रदेशमा सिट

हिमाल प्रेस २२ मंसिर २०७९ १३:१२
1.2k
SHARES
‘थ्रेसहोल्ड’ कटाउँदा पनि ४ दलले पाएनन् प्रदेशमा सिट

काठमाडौँ- प्रदेशसभामा समानुपातिकतर्फ सिट पाउन आवश्यक न्यूनतम मत प्राप्त गरे पनि दुईवटा प्रदेशका चार दलले एक सिट पनि प्राप्त गरेनन्।

कर्णाली प्रदेशमा नेपाल मजदुर किसान पार्टी र गण्डकी प्रदेशमा नेकपा (एस), हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले ‘थ्रेसहोल्ड’ कटाउँदा पनि सिट पाउन नसकेका हुन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभामा कुल सदर मतको न्यूनतम १.५ प्रतिशत मत ल्याउने दलले ‘थ्रेसहोल्ड’ कटाएको मानिन्छ। तर, मतभार कम (एक सिटका लागि चाहिने मत) भएका कारण यी दलले एउटा पनि सिट पाउन नसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

कर्णालीमा नेमकिपाले १.५९९ प्रतिशत मत पाएको छ। तर, एक सिटका लागि त्यहाँ ४.४७ प्रतिशत मत आवश्यक देखिएको छ।

त्यस्तै गण्डकीमा सिट नपाउने हाम्रो नेपाली पार्टीले १.९९ प्रतिशत, नेकपा (एस)ले १.६० प्रतिशत र राष्ट्रिय जनमोर्चाले १.५८ प्रतिशत मत पाएका छन्। त्यहाँ एक सिटका लागि न्यूनतम ३.१५ प्रतिशत मत आवश्यक देखिएको छ।

संघमा भने समानुपातिकतर्फ न्यूनतम ३ प्रतिशत मत ल्याएका दलले ‘थ्रेसहोल्ड’ कटाएको मानिन्छ। संघमा भने ‘थ्रेसहोल्ड’ कटाउने सबै दलले सिट पाएका छन्।

प्रकाशित: २२ मंसिर २०७९ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =