‘धानको समर्थन मूल्य कार्यान्वयन भएन’

हिमाल प्रेस २२ मंसिर २०७९ ११:१८
4
SHARES
‘धानको समर्थन मूल्य कार्यान्वयन भएन’

भैरहवा- सरकारले प्रमुख कृषि बाली धानको समर्थन मूल्य तोके पनि कार्यान्वयन नभएको किसानहरूले गुनासो गरेका छन्। अखिल नेपाल किसान महासंघ रुपन्देहीले सरकारले किसानहरू माथि गरेको उपेक्षित एवं बीउ मलको अभावले कठिनाइ भोग्नु परेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ध्यानाकर्षणसमेत बुझाएको छ।

वर्तमान सरकारका गतिविधि एवं निर्णयहरू कार्यान्वयनमा अलपत्र अवस्थामा रहेकोले किसानहरूलाई उत्पादनदेखि बजारसम्म बिक्री गर्न अनेकन कठिनाइहरू भोग्नु परेको महासंघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पन्थीले बताए।

सरकारले धानको ढिलै भए पनि समर्थन मूल्य कायम गरेको तर किसानले बिक्री गर्ने कुनै स्थान या खरिदकर्ताको व्यवस्थापन नगरेकोले किसानहरूले बाध्य भएर कम मूल्यमा बिक्री गर्नु परेकोउनको भनाइ छ। विचौलियाहरू हाबी भएको भन्दै किसानहरूबाट उत्पादित वस्तुहरू जिम्मा लिने तथा बजार व्यवस्थापन अबिलम्व गर्न महासंघले माग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले ध्यानाकर्षण पत्र बुझ्दै किसानको समस्याप्रति ध्यानाकर्षण भएको र समस्या समाधानतर्फ कदम चाल्ने बताए।

प्रकाशित: २२ मंसिर २०७९ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =