विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने

हिमाल प्रेस २१ मंसिर २०७९ १७:५०
6
SHARES
विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने

काठमाडौँ– विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ (फर्दर पब्लिक अफरिङ) जारी गर्ने भएको छ। लघुवित्तले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्दै एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो।

एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्य र एसबिआई मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन्।

विन लघुवित्तले ५१ हजार २९३ कित्ता एफपीओ जारी गर्ने भएको छ। एफपीओ नयाँ सेयर धनीमार्फत थप पुँजी संकलन गर्न सेयर निष्काशन गर्ने विधि हो। यसमा अंकित वा प्रिमियमसहित तोकिएको निश्चित मूल्यमा सेयर बिक्री गरिन्छ।

प्रकाशित: २१ मंसिर २०७९ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =