वैदेशिक रोजगारीको पीडा देखाउने ‘पास्पोर्ट हातैमा’

हिमाल प्रेस २१ मंसिर २०७९ १७:२७
34
SHARES

काठमाडौँ- नयाँ लोकदोहोरी गीत ‘पास्पोर्ट हातैमा’ सार्वजनिक भएको छ। गीतमा गायक युवराज चौलागाई र गायिका शान्तिश्री परियारको स्वर रहेको छ। गायक चौलागाईकै शब्द र संगीत रहेको गीतमा संगीत संयोजन जुजु गुरुङले गरेका छन्।

उदीराम खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा लोकदाहोरी क्षेत्रको चर्चित कार्यक्रम ‘इन्दे्रणी’का कलाकारको अभिनय रहेको छ। कृष्ण कँडेल, प्रतिमा कँडेल, युवराज चौलागाई, अञ्जली अधिकारी, दीपक घिमिरे, रश्ना अधिकारी, आयुषा गौताम, रविना बसेल, सुरेन्द्र भुजेललगायत कलाकार फिचर्ड छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण परिवारबाट टाढिएर खाडी मुलुक जान बाध्य भएका नेपालीको व्यथालाई गीतमा देखाइएको छ। गीत इन्द्रेणीको डटकमको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =