दर्शकलाई दयाहाङको निम्तो

हिमाल प्रेस २१ मंसिर २०७९ १५:४४
12
SHARES
दर्शकलाई दयाहाङको निम्तो

काठमाठौँ- अभिनेता दयाहाङ राईले दर्शकहरूलाई नाटक हेर्ने निम्तो दिएका छन्। अहिले काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटर नेपालमा उनी निर्देशित नाटक ‘कुभिण्डोको कथा’ मञ्चन भइरहेको छ।

त्यही नाटक हेर्ने निम्तो दर्शकलाई दयाहाङले दिएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा नाटकको पोस्टर र जानकारी सेयर गर्दै क्याप्सनमा ‘निम्तो’ लेखेका छन्।

नाटक मंसिर १७ देखि पुस १७ सम्म चल्नेछ। सोमबारबाहेक हरेक साँझ साढे ४ बजे नाटक मञ्चन हुन्छ। शनिबार १ बजे अतिरिक्त सो हुने गर्छ।

नाटक मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको हो। प्रनिश मगरले लेखेको ‘कुभिण्डोको कथा’ लोककथामा आधारित छ।

नाटक निर्देशनमा दयाहाङलाई विकास जोशीले सघाएका छन्। जोशी सहनिर्देशक रहेको नाटकले संस्कृति, प्रकृति र सम्पूर्ण प्राणीको पर्यावरण तथा अस्तित्व उजागर गर्छ। नाटकमा कोरियोग्राफी प्रमिला खनालको रहेको छ।

प्रकाशित: २१ मंसिर २०७९ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =