सर्वोच्चको गेटमा वकिलहरूलाई जुत्ताले हानेँ : तारा बराल (भिडियोसहित)

हिमाल प्रेस २१ मंसिर २०७९ १५:५१
46
SHARES
सर्वोच्चको गेटमा वकिलहरूलाई जुत्ताले हानेँ : तारा बराल (भिडियोसहित)

काठमाडौँ- सर्वोच्च अदालतमा अदालतको गरिमाको धज्जी उडाउँदै प्राधानन्यायधीश चोलेन्द्रशमशेर राणालाई रोक लगाएको भन्दै एक महिलाले वकिलमाथि नै जुत्ता प्रहार गरेको जनाएकी छन्।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राणामाथिको महाअभियोग निष्क्रिय भएको पत्र थपाएपछि आज उनी सर्वोच्च जाने तयारीमा छन्। तर उनलाई रोक्न वकिलहरू सर्वोच्चको मुख्य गेटमा धर्ना दिइरहेका छन्। सोहीक्रममा वकिलहरूले गलत गरिरहेको भन्दै गएकी बरालले विरोध गरेकी हुन्। उनलाई अहिले प्रहरीले अनामनगर प्रहरी कार्यालयमा लगिएको छ।

बराल प्रहरी कार्यालयबाटै फेसबुक लाइभ आएर भिडियो सन्देश छोडेकी छन्। उनले वकिलहरूलाई विदेशी दलाल एजेन्ट भएको आरोप लगाएकी छन्। ‘म अहिले अनामनगरको प्रहरीकोमा छु सर्वोच्चमा आज चोलेन्द्र आउने दिन रहेछ,’ उनले भनिन्, ‘फेरि एजेन्ट खेतालाहरू गेटमा अवरोध गरेपछि मैले दुईटै जुत्ताले वकिललाई हानेपछि प्रहरीले मलाई यहाँ ल्याएर राखेको छ।’

प्रकाशित: २१ मंसिर २०७९ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =