देउवाको चुनाव खर्च : २६ लाख १२ हजार

हिमाल प्रेस २० मंसिर २०७९ १८:३४
556
SHARES
देउवाको चुनाव खर्च : २६ लाख १२ हजार

काठमाडौँ- मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदा २६ लाख रुपैयाँ बढी खर्च गरेका छन्। देउवाले जिल्ला निर्वाचन कार्यालयमा बुझाएको विवरणमा २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ। डडेलधुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भनिएको थियो।

डडेलधुरामा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार देउवाले पेट्रोल खर्च, गाडी खर्च, कार्यकर्ता खाजा खर्च, मञ्च व्यवस्थापन खर्च, प्रचारप्रसार खर्च, कार्यालय खर्च, अन्य शीर्षमा खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले हिमालप्रेसलाई जानकारी दिए।

‘उम्मेदवारहरूले निर्वाचनको समयमा गरेको खर्च विवरण पेस गरिरहनु भएको छ। शेरबहादुर देउवाको पनि खर्च विवरण प्राप्त भएको छ’ अवस्थीले भने।  एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको डडेलधुरामा प्रतिनिधिसभामा ८ र दुईवटा प्रदेशसभामा १२ गरी २० जना उम्मेदवार रहेका थिए। अहिलेसम्म १४ जनाले खर्चविवरण बुझाइसकेका छन्।

नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले पनि १३ लाख ८ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। अन्यले पनि खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २० मंसिर २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =