सानिमा बैंकको १८ सुविधा भएको जेनेरेशन सेभिङ खाता

हिमाल प्रेस २० मंसिर २०७९ १७:४९
सानिमा बैंकको १८ सुविधा भएको जेनेरेशन सेभिङ खाता

काठमाडौँ– सानिमा बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधा सहितको ‘जेनेरेशन सानिमा सेभिङ खाता’ सञ्चालनमा ल्याएको छ।

उक्त खाता १८ वर्षभन्दा माथिका युवा वर्गलाई लक्षित गरी ल्याइएको बचत खाता हो। शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट तथा ईकम कार्डमा पहिलो टपअप निःशुल्कको व्यवस्था गरेको छ।

यसमा डिम्याट खाता र मेरो सेयर निःशुल्क जारी गर्ने बैंकले जनाएको छ। साथै, बैंकले निःशुल्क भेरिफाइड बाई भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरीका भिसा नेटवर्क एटीएममा मासिक तीन निःशुल्क रकम झिक्न सकिने र निःशुल्क ई स्टेटमेन्ट सेवाको व्यवस्था रहेको छ।

यो खाताअन्तर्गत विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम छुट, शैक्षिक कर्जा र अन्य कर्जाको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ।

प्रकाशित: २० मंसिर २०७९ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =