बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

हिमाल प्रेस १९ मंसिर २०७९ २०:१२
10
SHARES
बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

काठमाडौँ– बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजारभन्दा धेरै पुगेको छ। साउन दोस्रो हप्तादेखि मंसिर १९ गते (आज)सम्म संक्रमितको यस्तो संख्या देखिएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ। काठमाडौँमा ११ हजार एक सय २७ डेंगुका बिरामी फेला परेका छन्। यस्तै रसुवामा ११ जनामा डेंगु संक्रमित फेला परेको बताइएको छ।

डेंगु संक्रमणबाट ललितपुरमा ९ हजार ६ सय ३, मकवानपुरमा ५ हजार ८ सय २२, भक्तपुरमा १ हजार १ सय २४, चितवनमा ३ हजार १ सय ५९, धादिङमा १ हजार ६ सय ४५, काभ्रेमा ५ सय ३६, रामेछापमा २ सय ३४, सिन्धुपाल्चोकमा २ सय ९, नुवाकोटमा, २ सय ७३, सिन्धुलीमा १ सय ७० र दोलखा जिल्लामा १ सय ४ जना बिरामी भएको निर्देशनालयबाट प्राप्त विवरणमा उल्लेख छ।

यस्तै प्रदेशमा हालसम्म डेंगु सक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको बताइएको छ।

काठमाडौँका ७, सिन्धुली र रामेछापका ३/३, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका २/२ र धादिङका १/१ जनाको मृत्यु भएको छ।

प्रकाशित: १९ मंसिर २०७९ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =