चितवन राष्ट्रिय निकुञ्‍जमा एक गैंडा मृत फेला

हिमाल प्रेस १९ मंसिर २०७९ १९:१९
10
SHARES
चितवन राष्ट्रिय निकुञ्‍जमा एक गैंडा मृत फेला फाइल तस्बिर।

चितवन– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ। नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए।

उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ। मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ। गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =