झापाको गौरादहमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

हिमाल प्रेस १९ मंसिर २०७९ १७:२५
6
SHARES
झापाको गौरादहमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

बिर्तामोड– झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म एक सय ४५ गर्भवतीले सेवा लिएका छन्।

गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए।

यो कार्यक्रमले महिलालाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज भएको उनको भनाइ छ।

झापा, मोरङ र सुनसरीसम्मका अस्पतालमा प्रसूति गराउन जाने महिलाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए।

यसैगरी नगरपालिकाले नगर अस्पतालमा समेत विशेषज्ञ सेवा सुरु गरेको छ।

तीन चिकित्सकले दैनिक बिरामी जाँच गर्ने गरेको श्रेष्ठले बताए। अस्पतालले ल्याब, जेनरल ओपिडी र कुष्ठरोगसम्बन्धी सेवा दिइरहेको छ। पन्ध्र शय्याको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने नगरपालिकाको तयारी छ।

प्रकाशित: १९ मंसिर २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =