केशरमहलमा छरपस्ट शिक्षा मन्त्रालयका कागजात [तस्बिरहरू]

दिपेश श्रेष्ठ १९ मंसिर २०७९ १६:१८
केशरमहलमा छरपस्ट शिक्षा मन्त्रालयका कागजात [तस्बिरहरू]

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कागजपत्र केशरमहल परिसरमा छरपस्ट पारिएको छ। पुस्तकालय पुनर्निर्माणका क्रममा त्यहाँ राखिएका कागजपत्र सार्ने क्रममा छरिन पुगेको मन्त्रालयले जनाएको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षा मन्त्रालय केशरमहलबाट सिंहदरबार सार्ने क्रममा आवश्यक नपर्ने कागजात त्यहीँ छोडिएको र पछि अन्य कार्यालय आएर बसेपछि उनीहरूले पनि आवश्यकबाहेकका कागज छोडेर गएपछि कागजात थुप्रिएको बताए।

‘२०७२ सालको भूकम्पमा केशरमहल पुस्तकालयको भवन क्षतिग्रस्त भएपछि त्यहाँबाट केही सामान हटाइएको थियो,’ उनले भने, ‘त्यहाँ शिक्षा मन्त्रालय, युनेस्कोको सचिवालयका कागज, शिक्षा मन्त्रालयले छोडेपछि सम्पत्ति शुद्धीकरणको कार्यालयले छोडेका कागजहरू छरिन पुगेका छन्। त्यसलाई हेरेर केही आवश्यक पर्ने राख्ने र अन्य कागजात नष्ट गर्ने हो।’

अहिले व्यस्थापन हुन नसकेका निवेदन, चिठी, किताब, भौचरहरू छरपस्ट छन्। अधिकांश कागजात मक्किएको र आंशिक रूपमा बिग्रिएको अवस्थामा रहेका छन्।

हेर्नुहोस् तस्बिरहरूः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =