धनगढीको मुख्य सडक फराकिलो बनाउन प्रदेश सरकारले ६० करोड दिने

हिमाल प्रेस १९ मंसिर २०७९ ८:५४
4
SHARES
धनगढीको मुख्य सडक फराकिलो बनाउन प्रदेश सरकारले ६० करोड दिने सडक विस्तारका लागि भौतिक संरचना भत्काइँदै।

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको मुख्य सडक फराकिलो गर्न ६० करोड बजेट विनियोजन गरेको छ। धनगढी उपमहानगरपालिकाले माग गरेपछि प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड विनियोजन गरेको हो।

धनगढीका मेयर गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड छुट्याएको जानकारी दिएका छन्। हमालका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्न उक्त बजेट माग गरिएको थियो।

उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले बजेट छुट्याएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्। धनगढी उपमहानगरले मुख्य सडक फराकिलो बनाउन संरचना भत्काइरहेका छ। सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तार गरिने उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =