अब क्युआर कोडबाटै सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण

हिमाल प्रेस १८ मंसिर २०७९ १८:३९
अब क्युआर कोडबाटै सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण

काठमाडौँ– सानिमा बैंकले क्युआर कोड भएको शैक्षिक कर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ। विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायमा गर्नुपर्ने हुन्छ।

यो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्युआर कोडसहितको कर्जा स्वीकृतिपत्र सानिमा बैंकले ल्याएको हो।

हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायबाट फोन वा इमेलमार्फत हुँदै आएको छ। अब उप्रान्त कर्जा स्वीकृती पत्रमा उल्लेखित क्युआर स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ।

यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न सहयोग मिल्ने बैंकले जनाएको छ।

सानिमा शैक्षिक कर्जा सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। बैंकले अधिकतम् एक करोडसम्म १५ वर्षसम्मको कर्जा दिँदै आएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =