यी हुन् समानुपातिकमा पाँच हजारभन्दा कम मत ल्याउने पार्टी

हिमाल प्रेस १८ मंसिर २०७९ १६:३२
4
SHARES
यी हुन् समानुपातिकमा पाँच हजारभन्दा कम मत ल्याउने पार्टी फाइल तस्बिर

काठमाडौँ- आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मतसमेत कटाउन सकेका छैनन्। समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ।

यस्तै एकीकृत शक्ति नेपालले तीन हजार ७७६ मत पाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३३२, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५, नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्‍नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ।

देशभर १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ। एमालेले २७ हाल ८८ हजार ३५६ मत ल्याएको हो। यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =